• ट्रेण्डिङ:

इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे

इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे

रोदिक खबर

२६, आश्विन २०८०
  • 10.6K
    SHARES
  • इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे

    काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्दार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

    आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो । नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए ।

    आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए ।

    उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’ मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागि आवश्यका अनुसार विमान पठाइने बताए ।

    मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहाेर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - ०६:०४:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको