• ट्रेण्डिङ:

इजरायल घटनामा गोली लागेका धनबहादुर भन्छन् धन्न बाँचेर फर्किए

इजरायल घटनामा गोली लागेका धनबहादुर भन्छन् धन्न बाँचेर फर्किए

रोदिक खबर

२६, आश्विन २०८०
  • 12.7K
    SHARES
  • इजरायल घटनामा गोली लागेका धनबहादुर भन्छन् धन्न बाँचेर फर्किए

    खोटाङ । प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी स्वदेश फर्किएका छन् ।

    उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।  खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि  चार्टर विमानमार्फत फर्किएका हुन् ।

    उनी अझै  हिँड्नसक्ने भने भइसकेका छैन । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनामा बाँचेर फर्किएको बताए । सो घटनामा अन्य १० जना नेपाली विद्यार्थीको हमास समूहको आक्रमणमा निधन भएको थियो भने चार जना घाइते भएका थिए ।

    घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा धनबहादुरसहित २५४ जना आएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - ०७:०२:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको