• ट्रेण्डिङ:

भक्तपुरमा एकै परिवारका तीन सदस्य मृत फेला

भक्तपुरमा एकै परिवारका तीन सदस्य मृत फेला

रोदिक खबर

२६, भाद्र २०७७
  • 4.6K
    SHARES
  • भक्तपुरमा एकै परिवारका तीन सदस्य मृत फेला

    भक्तपुर। भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

    घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।

    यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - २०:११:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको