खोटाङ । ६८ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले अमर प्रहरीका पाँच परिवारलाई दोसल्ला ओढाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा मंगलवार अमर प्रहरीका पाँच परिवारलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी प्रवित्रप्रकाश शाहले अमर प्रहरीका सरस्वती ठाकुर, कमलादेवि आचार्य, लक्ष्मी श्रेष्ठ, शेरबहादुर राई र श्यामसरी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
