• ट्रेण्डिङ:

खोटाङमा यसरी मनाइयो ६८ औं प्रहरी दिवस (फोटो फिचर)

खोटाङमा यसरी मनाइयो ६८ औं प्रहरी दिवस (फोटो फिचर)

रोदिक खबर

३०, आश्विन २०८०
  • 9.4K
    SHARES
  • खोटाङमा यसरी मनाइयो ६८ औं प्रहरी दिवस (फोटो फिचर)

    असोज ३० अर्थात नेपालको प्रहरी इतिहासमा महत्वपूर्ण दिन । विक्रम संवत २०१२ असोज ३० गते प्रहरी ऐन–२०१२ मा लालमोहर लागेको दिनको सम्झनामा प्रत्येक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । नेपालमा पहिलो प्रहरी ऐन लागू भएको ६८ वर्ष पुगेको उपलक्ष्यमा देशभर ६८ औं प्रहरी दिवस मनाइएको छ ।

    5.jpeg

    यसै दिनको स्मरणमा जिल्ला प्रहरी कार्यालय खोटाङले पनि विभिन्न कार्यक्रम गर्दै ६८ औँ प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले ६८ औं प्रहरी दिवसको अवसरमा अमर प्रहरीका परिवारलाई सम्मान, निवन्ध प्रतियोगिता रक्तदान, वृक्षरोपण, सरसफाई लगायतका कार्यक्रम गरी प्रहरी दिवस मनाएको निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

    2.jpeg६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले अमर प्रहरीका परिवारलाई सम्मान गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा अमर प्रहरीका पाँच परिवारलाई दोसल्ला ओढाई सम्मान गरेको हो । दिवसका अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्य गाउँका अमर प्रहरी जयप्रसाद आचार्य र दिक्तेल अस्पताल चोकका अमर प्रहरी नवराज ठाकुरका आमालाई सम्मान गरिएको छ ।

    अमर प्रहरी आचार्यका आमा कमलादेबी र ठाकुरका आमा सरस्वती देवीलाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले दोसल्ला ओढाई सम्मान गरेका हुन् । अमर प्रहरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका हरिभक्त श्रेष्ठका छोरा कमल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । अन्य दुई अमर प्रहरीका अभिभावक शेर हादुर राई र श्यामसरी राई उपस्थित भएनन् ।

    sa.jpeg

    यस्तै, दिवसका अवसरमा प्रहरीको विभिन्न बिधामा कर्तव्य निष्ट भई उत्कृष्ट कार्य गर्ने प्रहरी सहायक निरिक्षक खिलाराज खतिवडा, प्रहरी बरिष्ठ हवल्दार धर्मश्वज राउत, प्रहरी हवल्दार टिका गौतम, प्रहरी सशस्त्र हवल्दार दिपक खत्री, प्रहरी जवान शेसु कुमार राई, प्रहरी जवान उपेन्द्र कठायत पुरस्कृत भएका छन् । उत्कृष्ट प्रहरीहरलाई सहायक प्रमुख जिल्ला अधिकारी शाह, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक कार्कीले पुरस्कार वितरण गरेका थिए ।

    8.jpeg

    यसैगरी, प्रहरी दिवसको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय निवन्ध प्रतियोगितामा प्रथम हुने चिसापानी माविका विद्यार्थी काविल घिमिरे, दोश्रो हुने चिसापानी माबिकै बिनिसा खड्का र तेश्रो हुने दुर्छिम माविका बियोग राईलाई पुरस्कार वितरण गरिएको थियो । निवन्ध प्रतियोगिताका विजयी विधार्थीहरुलाई गोरखनाथ गण मुडे ब्यारेकका कार्यालय प्रमुख सेनानी सुजन गुरुङ, सशस्त्र प्रहरी बल हलेसी नं. ७ गुल्मका कार्यालय प्रमुख कृष्ण बहादुर बलले पुरस्कार वितरण गरेका थिए ।

    कार्यक्रममा प्रहरी दिवसका अवसरमा रक्तदान गर्ने प्रहरी नायब निरिक्षक शेखर कुमार श्रेष्ठ, प्रहरी सहायक हवल्दार बुद्दिमान तामाङ, प्रहरी जवान लिला बहादुर थापा, प्रहरी जवान पुजा राई, प्रहरी जवान मन्दिप राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।9.jpeg3.jpeg

     

    प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ११:५२:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको