• ट्रेण्डिङ:

यी हुन् आज हिमपात र वर्षा हुने प्रदेश

यी हुन् आज हिमपात र वर्षा हुने प्रदेश

रोदिक खबर

६, कार्तिक २०८०
  • 7.3K
    SHARES
  • यी हुन् आज हिमपात र वर्षा हुने प्रदेश

    खोटाङ  । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपात समेत हुनेछ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - ०६:४३:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको