खोटाङ । जंगलमा घाँस काट्नेक्रममा भीरबाट लडेर खोटाङमा एक युवतीको मृत्यु भएको छ।
हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर -२ डिकुवाकी २६ वर्षीय एलीना मगरको लडेर मृत्युु भएको हो।
एलिनाको विजयादशमीको दिन घाँस काट्नेक्रममा भीरबाट लडेर मृत्यु भएको र जिल्ला अस्पतालमा पोस्टमार्टम पछि आज आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।