बिहिवार, कार्तिक १३ गते २०८३

दूधकोशी जलविद्युतमा लगानी गर्न एसियाली विकास बैंक तयार

दूधकोशी जलविद्युतमा लगानी गर्न एसियाली विकास बैंक तयार

रोदिक खबर

१६, कार्तिक २०८०
  • 9.3K
    SHARES
  • दूधकोशी जलविद्युतमा लगानी गर्न एसियाली विकास बैंक तयार

    खोटाङ  । एसियाली विकास बैंक (एडीबी) ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधवार आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

    टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत् गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा पालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो ।

    कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो अन्तिम निरीक्षण भएको भन्दै एडीबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताए ।

    आयोजनालाई स्थानीयवासीबाट स्वीकार्ययता रहेको उल्लेख गर्दै उनले ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जति सक्दो छिटो टुङ्गो लगाएर निर्माणमा लैजानुपर्ने बताए ।

    आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (झन्डै २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

    एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाहरूबाट आयोजनामा १ अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ ।p यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

    एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताए ।

    उनले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना ’मेगा प्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीय समुदायमा धैर्यता राख्न आग्रह गरे ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दूधकोशी महत्त्वपूर्ण आयोजना भएकाले एक वर्षभित्रमा (सन् २०२४ डिसेम्बर) एडीबीको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए ।

    यसका लागि अहिले प्राविधिक, वातावरणीय र सामाजिक विषयहरूलाई अन्तिम रूप दिने काम भइरहेको उनले उल्लेख गरे । कार्यक्रममा पालिकाका जनप्रतिनिधिले आयोजना अगाडि बढ्न नसक्दा स्थानीय रूपमा विकास निर्माणका क्रियाकलाप ठप्प भएकाले आयोजनाका विषयमा रहेको अलमल तत्काल हटाउन आग्रह गरेका थिए । उनीहरूले आयोजनालाई अगाडि बढाउन स्थानीय रूपमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

    कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले स्थानीयवासीको लामो समयको प्रतिक्षाको अन्त्य हुने विश्वास व्यक्त गर्दै यो आयोजनाको काम चाँडो शुरु हुने विश्वास व्यक्त गरिन ।

    नगरप्रमुख राईले हलेसी तुवाचुङ नगरपालिका र खोटाङमा रहेको बसाइँसराइको प्रवृत्तिबारे जानकारी दिँदै आयोजना तत्काल शुरु भए बसाइँसराइको दरमा कमी आउन सक्ने सङ्केत गरिन ।

    रावबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले आयोजना छिट्टै शुरु हुनेमा आफू पनि विश्वस्त रहेको बताए । उनले आयोजनालाई प्रभावित जिल्लाका हरेक व्यक्तिले सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनओखलढुङ्गाको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले आयोजनाको लामो अध्ययन चरणलाई तीव्रता दिई जग्गाको मुआब्जा वितरण र निर्माण कार्य तत्काल थालनी गर्नुपर्ने धारणा राखे ।

    शर्माले यस क्षेत्र भौगोलिक रूपमा दुर्गम तथा आर्थिक रूपमा अविकसित रहेको र यसै आयोजनाका कारण पुल, सडक निर्माण जस्ता पूर्वाधार विकासका विभिन्न आयोजनाहरू ठप्प भएकाले बाहिरी बसाइँसराइको दर बढ्दै गएको चिन्ता व्यक्त गरे ।

    दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले आयोजनाको ऐतिहासिक सन्दर्भ, मुख्य प्रस्तावित संरचना तथा आयोजनाको प्रगतिको वर्तमान अवस्थाका बारेमा जानकारी दिए ।

    आयोजनाका लागि झन्डै ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हयसमध्ये सुक्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण अवधि ७ वर्षको रहेको छ ।

    आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुनेछन् । जसमध्ये २३८ घरधुरी पूर्ण २ हजार ९०१ घरधुरी आंशिक रूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि झन्डै ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

    जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसमध्ये सुक्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण अवधि ७ वर्षको रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - २१:०९:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको