• ट्रेण्डिङ:

नगरपालिकालाई तीन लाख बढिको उद्धार तथा सुरक्षा सामग्री 

नगरपालिकालाई तीन लाख बढिको उद्धार तथा सुरक्षा सामग्री 

रोदिक खबर

२७, भाद्र २०७७
  • 3.5K
    SHARES
  • नगरपालिकालाई तीन लाख बढिको उद्धार तथा सुरक्षा सामग्री 

    खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई उद्धार तथा सुरक्षा सामग्री प्राप्त भएको छ । क्रिस्चियन एडको सहयोगमा बाल सेवा समाज नेपाल नेर्पाद्धारा सञ्चालित शसक्तिकरणका लागि महिला संलग्नता र जीवीकोपार्जनका लागि उद्यमशीलता (विफिल) परियोजना अन्तरगत नगरपालिकाको नगरस्तरीय विपद व्यवस्थापन समितिलाई विभिन्न विपत्तीका समयमा प्रयोग हुने उद्धार तथा सुरक्षाका सामग्री प्रदान गरिएको हो ।

    नगरस्तरीय विपद व्यवस्थापन समितिलाई ९/९ थान सिट हार्नेस, लाइफज्याकेट, सेफ्टी हेल्मेट, थ्रो व्याग, रबर ट्यूब, १२ र १४ एमएमको लाईफ लाईन रप, फायर इस्टिग्यीसर तथा आगलागी नियन्त्रणकाक्रममा लगाउने एक जोर पञ्जा प्रदान गरिएको सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता (वीफिल)का परियोजनाका प्रवन्धक युवराज रिजालले बताए । 

    ३ लाख ११ हजार २०२ मूल्यको उद्धार तथा सुरक्षाका सामग्री शनिबार बाल सेवा समाज नेपाल नेर्पाका अध्यक्ष चन्द्रकला भुजेलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एबं नगर स्तरीय विपद व्यवस्थापन समितिका संयोजक दिपनारायण रिजाललाई हस्तान्तरण गरेका छन् ।

    नगरपालिकाका उपप्रमुख विणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल लगायतको रोहबरमा उद्धार तथा सुरक्षा सामग्री हस्तान्तरण गरिएको बालसेवा समाजले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १२:५२:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको