• ट्रेण्डिङ:

जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भुइँचालो

जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भुइँचालो

रोदिक खबर

१८, कार्तिक २०८०
  • 7.2K
    SHARES
  • जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भुइँचालो

    काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

    ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

    भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

    प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ००:२४:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको