• ट्रेण्डिङ:

प्रधानमन्त्री प्रचण्डसहितको टोली जाजरकोट प्रस्थान

प्रधानमन्त्री प्रचण्डसहितको टोली जाजरकोट प्रस्थान

रोदिक खबर

१८, कार्तिक २०८०
  • 4.9K
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसहितको टोली जाजरकोट प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको छ । प्रचण्ड खोज, उद्धार र राहतका लागि रुकुम (पश्चिम) पनि जाने क्रार्यक्रम रहेको छ ।

    प्रचण्डसँगै उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गरेको छ ।

    स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोट गएका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ चारपटक क्रमशः ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

    प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ०७:५१:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको