• ट्रेण्डिङ:

जाजरकोटमा रोकिएन भूकम्प, परकम्पको संख्या ४३९ पुग्यो

जाजरकोटमा रोकिएन भूकम्प, परकम्पको संख्या ४३९ पुग्यो

रोदिक खबर

२१, कार्तिक २०८०
  • 8.1K
    SHARES
  • जाजरकोटमा रोकिएन भूकम्प, परकम्पको संख्या ४३९ पुग्यो

    जाजरकोट। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन । त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ ।

    केन्द्रका अनुसार आज बिहान सात ५४ बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ । शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।

    प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - ०९:३१:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको