• ट्रेण्डिङ:

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

रोदिक खबर

२७, कार्तिक २०८०
  • 7.7K
    SHARES
  • उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    खोटाङ  । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - ०७:०९:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको