• ट्रेण्डिङ:

रुखले किचेर खोटाङमा एक जनाको मृत्यु

रुखले किचेर खोटाङमा एक जनाको मृत्यु

रोदिक खबर

१२, मंसिर २०८०
  • 8.5K
    SHARES
  • रुखले किचेर खोटाङमा एक जनाको मृत्यु

    खोटाङ, १२ मंसिर । ढालेको रुखले किच्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । घर बनाउनका लागि उत्तिसको रुख ढाल्ने क्रममा किचेर जन्तेढुंगा गाउँपालिका ३ काहुले छिमाका ६३ वर्षका दिर्पमान राईको मृत्यु भएको हो ।

    मंसिर ९ गते सोही ठाउँका तीर्थबहादुर नेपालीसँग सुमन राईको जग्गामा भएको उत्तिसको काठ ढाल्ने क्रममा ढलेको रुखले टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनाको बारेमा जानकारी भए लगत्तै इलाका प्रहरी कार्यालय चिसापानीका प्रनानि दिपेन्द्र अधिकारीको कमाण्डमा चार जना प्रहरीको टोली पुगेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरिक्षकको टोली पुगेर शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्मार्टम गरिएको प्रहरीले जनाएको छ ।

    माछा पोखरीमा डुबेर ३० महिने बालिकाको मृत्यु

    खोटाङमा माछा पोखरीमा डुबेर ३० महिने बालिकाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका आरिमा राईको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।

    हाल साकेला गाउँपालिका २ रतन्छामा बस्दैआएकी बालिका खेल्दै जानेक्रममा मंसिर १० गते माछा पोखरीमा डुबेको अवस्थामा फेला परेकी थिईन् । उपचारका लागि साकेला आधारभुत अस्पतालमा लगिएकी बालिकालाई मृत घोषणा गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा लगाइएको छ ।

    प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १९:०५:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको