• ट्रेण्डिङ:

टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री सकारात्मक

टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री सकारात्मक

रोदिक खबर

१८, मंसिर २०८०
  • 7.1K
    SHARES
  • टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री सकारात्मक

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे ।

    अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’ उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए ।

    उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे । केही समय अगाडि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - २१:२४:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको