• ट्रेण्डिङ:

१५ दिनदेखि बेपत्ता बनेकी पवित्रा मृत फेला

१५ दिनदेखि बेपत्ता बनेकी पवित्रा मृत फेला

रोदिक खबर

४, पौष २०८०
  • 8.6K
    SHARES
  • १५ दिनदेखि बेपत्ता बनेकी पवित्रा  मृत फेला

    खोटाङ । १५ दिनदेखि बेपत्ता बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् ।

    श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी शुरु गरिएको आफन्तले बताएका छन् ।

    बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर–२३ गते प्रहरीलाई खबर गरेका थिए । चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौँ महिनाअघि सम्बन्ध बिच्छेद गरेर माइती घर फर्किएकी थिइन् । तीन छोरी श्रीमानसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।

    पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए। पवित्राको शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाको विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    स्थानीय बासिन्दाका अनुसार पवित्राको बलात्कारपछि हत्या भएको अनुमान गरिएको छ । पत्करले छोपेर राखिएको अवस्थामा मृत फेला परेकी पवित्राको भित्री बस्त्र समेत च्यातिएको भेटिएको प्रहरीले जनाएको छ । पवित्राको शव जिल्ला अस्पताल दिक्तेलमा परीक्षणपछि बुधवार आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १९:२४:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको