राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न नपाइने

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न नपाइने

रोदिक खबर

४, पौष २०८०
  • 7.3K
    SHARES
  • राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न नपाइने

    काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कसप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रुसी दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

    निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यसअघि एक महिनाका लागि ती क्षेत्रलाई निषेधित घोषणा गरिएको थियो ।

    CDO-KTM-1703077210.jpg

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १९:३१:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको