सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा खोटाङका दुई जनाको मृत्यु भएको छ ।
रामेछापको मन्थलीबाट काठमाडौतर्फ जाँदै गरेको बस र बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्कीदा दुर्घटना भएको हो ।
मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीले चलाएको बा प्र.०१–००६ ख ४५९३ बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाका २० वर्षको सुसन राई र उनको पछाडी बसेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षीया मुनाकला राईको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। प्रहरीका अनुसार बस र चालक प्रहरीको नियन्त्रणमा छ ।