• ट्रेण्डिङ:

टेम्माका अग्नी पीडितलाई रेडक्रस र प्रशासनको सहयोग

टेम्माका अग्नी पीडितलाई रेडक्रस र प्रशासनको सहयोग

रोदिक खबर

९, पौष २०८०
  • 9.6K
    SHARES
  • टेम्माका अग्नी पीडितलाई रेडक्रस र प्रशासनको सहयोग

     खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका अग्नी पीडित रामबहादुर सार्कीलाई रेडक्रस र प्रशासनले सहयोग गरेको छ । पुस ७  गते दिउँसो १२ बजेतिर विद्युतको मिटरबक्सबाट सल्किएको आगोले पूर्णरुपमा घर जलेर विस्थापित भएका सार्की परिवारलाई आज (सोमबार) जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्ला विपद राहत कोषबाट १५ हजार र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले अत्यावश्यक सामाग्रीहरु सहयोग गरेको छ ।

    जिल्ला विपद राहत कोषको सहयोग रकम तथा राहत सामग्री सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशी, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, स्थानीय एवम् नेकपा (माओवादी केन्द्र) का युवा नेता अरुण चाम्लिङ लगायतले अग्नी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

    ra.jpeg

    रेडक्रसले अग्नी पीडित परिवारलाई त्रिपाल १ थान, भाडाकुडा २ सेट, कम्वल ४ थान, म्याट्रेस २ थान, साडी ४ थान, बाल्टी २ थान, प्रिन्ट कपडा २ पिस, साधा कपडा २ पिस, सुटिङ कपडा २ पिस र डोरी १ सेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति जोशीले जानकारी दिए । आगलागीमा सर्वस्व गुमाएर खुला आकाशमुनि बस्न बाध्य अग्नी पीडितको सहज जीवनयापनका लागि राहत प्रदान गरिएको रेडक्रसले जनाएको छ ।

    सार्कीको घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएर शनिबार आगलागी हुँदा जस्तापाताले छाएको तीनतले घर, घरमा भएको नगद एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपूर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपात लगायतका सामग्री जलेर नष्ट हुँदा १५ लाख बढीको क्षति भएको हो ।

    ra2.jpeg

    घर जलेर नष्ट भएपछि आगलागी पीडित सार्की परिवार १७ दिनको सुत्केरीसहित अहिले आगलागीबाट ध्वस्त बनेको घर नजिकै रहेको मतानमा बसिरहेका छन् । 

    प्रकाशित मिति :पौष ९, २०८० सोमवार - १४:४६:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको