बिहिवार, कार्तिक १३ गते २०८३

थापागाउँ- सामातुङ -पाँचगरे सडक स्तरोन्नतीमा आर्थिक सहयोग जुट्नेक्रम जारी

थापागाउँ- सामातुङ -पाँचगरे सडक स्तरोन्नतीमा आर्थिक सहयोग जुट्नेक्रम जारी

रोदिक खबर

२३, पौष २०८०
  • 7.4K
    SHARES
  • थापागाउँ- सामातुङ -पाँचगरे सडक स्तरोन्नतीमा  आर्थिक सहयोग जुट्नेक्रम जारी

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित थापागाउँ- सामातुङ -पाँचगरे सडक स्तरोन्नतीमा आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको छ।

    बाम्राङ सामातुङ घर भई युके लाहुरेमा कार्यरत लाहुरे र उनको परिवारबाट जुटेको आर्थिक सहयोगबाट सुरु भएको सडक स्तरोन्नती श्रमदान अभियानमा स्थानीय र प्रवासमा रहेका बाम्राङबासीबाट आर्थिक सहयोग जुटेको हो।

    सडक स्तरोन्नती श्रम समिति सह–संयोजक राजेन्द्र राईका अनुसार बाम्राङ घर भई दुबईमा कार्यरत सरोज राईले एक लाख, धरानमा बसोबास गर्ने विकास राईले ५० हजार, बेलायतमा रहेका निशा राईले ३० हजार, साउदी अरबमा रहेका लोकेन्द्र राईले १० हजार, बेलायतमा बसोबास गर्ने राज गिरीको परिवारबाट ८० हजार, मोरङमा रहेका हर्कराज राईले १० हजार र धरान बसोबास गर्ने धनकुमार राईले ५ हजार सहयोग गरेका छन्।

    यस्तै, बाम्राङबासी स्थानीयले १ लाख २१ हजार ९०८ रुपैयाँ सहयोग छन्। बाम्राङ बाहिर रहेका र बाम्राङमै रहेका सहयोगीबाट प्राप्त भएको कूल ४ लाख ६ हजार ९८० रुपैयाँ आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईले सडक स्तरोन्नती श्रम समितिका कोषाध्यक्षलाई सडकमै हस्तान्तरण गरेका छन् ।

    सडक श्रमदानमा आएको पैसालाई सडक स्तरोन्नतीका क्रममा कजवे लगायत बनाउँदा आवश्यक पर्ने सिमेन्ट, वालुवा, डण्डी र औजार खरीदमा तथा सडक स्तरोन्नती गरिरहेको स्काभेटरको इन्धन र भाडा तिर्नमा खर्च गरिनेछ। स्थानीयहरुले भने १० दिन श्रमदान गर्ने निर्णय अनुसार ढुंगा फुटाउँने, गिटी कुट्ने, बाँस काट्ने, रुख काट्ने र माटो कटिङ मिलाउँने काम गरिरहेका छन्।

    श्रमदानमाफर्त जम्मा चार किलोमिटर सडक स्तरोन्नती गर्नेगरी थालिएको अभियान १२ औं दिनमा आईपुग्दा साँढे दुई किलोमिटर सडक स्तरोन्नती गरिसकिएको सह–संयोजक राईले बताए। राईका अनुसार अब एक किलोमिटर सडक स्तरोन्नती गरिनेछ।

    २७ जना युके लाहुरे र उनको परिवाबाट प्राप्त १६ लाख ७३ हजार बजेटबाट १० पुषदेखि सडक स्तरोन्नतीको काम सुरु भएको थियो। 

    सडक स्तरोन्नतीमा वडा कार्यालय बाम्राङबाट २ लाख ५० हजार र नगरपालिकाकाले १० लाख दिने भएको सडक स्तरोन्नती श्रम समिति संयोजक एवंम राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष ललित कुमार राईले बताए।

    संयोजक राई नै वडाध्यक्ष भएको समयमा ट्रयाक खोलिएको उक्त सडक साँघुरो भएकाले साना गाडीहरु नै दोहोरो वारपार गर्न नसकेकाले सडकलाई फराकिलो पार्न स्तरोन्नती थालिएको हो। सडक स्तरोन्नती भएपछि यातायातका साधनहरु चलाउन सहज भएको स्थानीयहरुले बताएका छन्।

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - ०८:१२:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको