• ट्रेण्डिङ:

भीरबाट लडेर भुजेलको मृत्यु

भीरबाट लडेर भुजेलको मृत्यु

रोदिक खबर

२८, पौष २०८०
  • 7.1K
    SHARES
  • भीरबाट लडेर भुजेलको मृत्यु

    खोटाङ । खर काट्ने क्रममा भीरबाट लडेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित बरबोटेका खार्पाली कान्छा भनिने ६३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ । घर नजिकै भुतेपहरा भनिने भीरमा शुक्रबार बिहान खर काट्न गएका भुजेल आज (शनिबार) मृत फेला परेका थिए । मृतक भुजेल शुक्रबार बिहान खर काट्न भन्दै कचिया र नाम्लो लिएर घरबाट हिँडेपनि पुनः घर नफर्किएको पारिवारिक स्रोतले जनाएको छ ।

    बेलुका अबेरसम्म घर नफर्किएका भुजेललाई स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्नेक्रममा शुक्रबार बिहान भीरमुनि मृत अवस्थामा फेला पारेको वडाध्यक्ष शिव फुयालले जानकारी दिए । मृतक भुजेलको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लरिएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।

    एक छोरा र दुई छोरीका बुबा भुजेल छोराछोरीसहित श्रीमतीसँग बस्दै आएका थिए । श्रीमानको भीरबाट लडेर मृत्यु भएपछि वृद्धावस्थाका श्रीमती र छोराछोरीको बिचल्ली भएको स्थानीय बासिन्दाले बताएका छन् । भुजेल दम्पतीको जेठी छोरी भने विवाह गरेर पराइघर गइसकेको जनाइएको छ ।

    तीन वर्षअघि आगलागी हुँदा घरगोठ गुमाएका भुजेल परिवार स्थानीय नारायणप्रसाद भट्टराईको घरमा आश्रय लिएर बस्दै आएका छन् । छिमेकीकामा बनीबुतो गरेर श्रीमतीसहित परिवार धान्दै आउनुभएका भुजेलको भीरबाट लडेर मृत्यु भएपछि परिवारको बिचल्ली भएको एमाले नेता बञ्जराले जानकारी दिए ।

    प्रकाशित मिति :पौष २८, २०८० शनिवार - २०:४०:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको