हरेक दिन नयाँ संक्रमितको संख्या भारतमा बढ्दै गएको छ । संक्रमितको संख्यामा भारतमा हरेक दिन नयाँ रेकर्ड बन्दै गएका छन् । हालसम्म भारतमा कोराना (कोभिड–१९) का संक्रमितहरुको संख्या एक लाख ३१ हजार नाघेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतमा २४ घण्टाको अवधिमा एकैपटक थप ६ हजार ६ सय २९ जनामा कोरोना भाईरसको संक्रमण देखिएको जनाएका छन् । भारतको महाराष्ट्रमा धेरै संक्रमितहरु पुगेको पनि संचारमाध्यमहरुले जनाएका छन् ।
भारतमा पछिल्लो समयको तथ्यांक अनुसार कूल संक्रमितहरुको संख्या एक लाख ३१ हजार ४ सय २३ पुगेको छ भने पछिल्लो पटक दुई साताका लागि भारतले लकडाउनको समयपनि थपेको छ । थपिएको लकडाउनको समय ३१ मे सम्मका लागि पुर्याइएको थियो ।
भारतमा पछिल्लो २४ घण्टामा थप १४२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।