• ट्रेण्डिङ:

फोहोर फाल्ने डम्पिङ साइटमा नवजात शिशु मृत फेला

फोहोर फाल्ने डम्पिङ साइटमा नवजात शिशु मृत फेला

रोदिक खबर

४, माघ २०८०
  • 7.8K
    SHARES
  • फोहोर फाल्ने डम्पिङ साइटमा नवजात शिशु मृत फेला

    उदयपुरको कटारीमा फोहोर फाल्ने डम्पिङ साइटमा सालनालसहितको नवजात शिशु फेला परेको छ। कटारी नगरपालिका ३ राजावासस्थित डम्पिङसाइटमा फालिएको अवस्थामा मृत नवजात शिशु फेला परेको हो।

    डम्पिङसाइटको फोहोर संकलन गर्ने क्रममा नगर कर्मचारीले बुधबार दिउँसो फोहोरको डङ्गुरमा प्लास्टिकभित्र कपडाले बेरेर फालेको अवस्थामा मृत शिशु फेला पारेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। महतोका अनुसार डम्पिङसाइटमा मृत शिशु फेला परेको खबर स्थानीयबाट आएपछि टोली पठाउँदा घटना पुष्टि भएको हो।

    शिशुको शवमा झ्याउ पलाएकाले निकै दिन पहिले फालेको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ। शिशुको शव कटारी नगर अस्पतालमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा. गौरव साहले फोहोरमा भेटिएको भन्दै शिशुको शव प्रहरीले अस्पताल पठाएको तर पोस्ट्मार्टम गर्न आदेश नदिएको बताएका छन्।

    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - २२:५७:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको