खोटाङ । नेकपा एमाले केन्द्रीय सदस्य, कोसी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री तथा संविधान सभा सदस्य उषाकला राईलाई पितृ शोक परेको छ।
उनका ८७ वर्षीय बुबा रुद्रकुमार राईको गएराती ८:३० बजे काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
राई लामो समयदेखि विभिन्न रोगबाट ग्रसित रहेको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंंगालले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -४ खाल्ले निवासी मृतक राई साबिक खाल्ले गाविसका पुर्व गाविस अध्यक्ष, नेकपा एमाले खोटाङका तत्कालीन पार्टी सचिव तथा हाल जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय केन्द्रिय सदस्य हुन।
उनको आज ९ बजे पशुपति आर्यघाटस्थित ईलेक्ट्रीक सवदाहगृहमा अन्त्येष्टि गरिने जनाइएको छ ।