बिहिवार, कार्तिक १३ गते २०८३

वराहपाेखरी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वराहपाेखरी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रोदिक खबर

२७, माघ २०८०
  • 8.9K
    SHARES
  • वराहपाेखरी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिकाले अर्ध वाषिर्क सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

    सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाभित्र सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

    गाउँपालिकाले यस आबको ६ महिना भरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारर्शिता सुनिश्चित गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल कुमार अधिकारीले बताए ।

    कार्यक्रमका सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न गर्दै गाउँपालिकाको विकासका लागि साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका थिए ।

    Messenger_creation_8db2150a-5a90-4cd4-a0dc-5383d94a653f.jpeg

    वराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जराको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, वराहपोखरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष गोमा मगर, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, पालिका भित्रका जनप्रतिनिधी, नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दमन राई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सरोकारवाला साथै स्थानीयको उपस्थिति रहेको योजना शाखा प्रमुख रमेश पोखरेलले जानकारी दिए ।

    वराहपोखरी गाउँपालिकाकाको आयोजनामा तथा रोदिक मिडिया नेटवर्क प्रालि खोटाङको सहजिकरणमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार चिसाङ शेर्पा, राजकुमार भट्टराई लगायतले गरेका थिए ।

    प्रकाशित मिति :माघ २७, २०८० शनिवार - ०८:५८:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको