• ट्रेण्डिङ:

मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

रोदिक खबर

२१, फाल्गुण २०८०
  • 6.3K
    SHARES
  • मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

    विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका-३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

    बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेकाे क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

    ‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’, उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १६:५२:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको