• ट्रेण्डिङ:

सामुदायिक सेवा केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम

सामुदायिक सेवा केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम

रोदिक खबर

२६, फाल्गुण २०८०
  • 8.4K
    SHARES
  • सामुदायिक सेवा केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम

    खोटाङ । अध्ययन एवं अवलोकन भ्रमणका क्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचंगुनारायण नागार्जुन, काठमाडौंको टोली बीच अन्तरक्रिया कार्यम गरिएको छ ।

    एक आपसमा अशल अभ्यासको अनुभव आदान प्रदान गर्ने सिलसिलामा बिहिबार सामुदायिक सेवा केन्द्र ईचंगुनारायण, सामुदायिक सेवा केन्द्र खोटाङ र जिल्ला प्रहरी कार्यालयबीच परिचयत्मक तथा अन्तरक्रिया गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र ईचंगुनारायणकी महासचिव सरला श्रेष्ठले संस्थाको परिचयदेखि गरिरहेका सामाजिक गतिविधिका बारेमा जानकारी दिएकी थिईन् ।

    यस्तै, सामुदायिक सेवा केन्द्र खोटाङको गतिविधिका बारेमा उपाध्यक्ष बुद्धिबिनोद लुइँटेलले जानकारी दिएका थिए । सामुदायिक सेवा केन्द्र ईचंगुनारायणका अध्यक्ष प्रताप दानी नेतृत्वको टोली गत फागुन २४ गतेदेखि अध्ययन भ्रमणमा निस्किएका हुन् ।

    कार्यक्रम सामुदायिक सेवा केन्द्र खोटाङका अध्यक्ष सनमान खड्काको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २६, २०८० शनिवार - ०८:५१:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको