• ट्रेण्डिङ:

मलामी गएर फर्कनेक्रममा ट्याक्टरले किच्दा मृत्यु

मलामी गएर फर्कनेक्रममा ट्याक्टरले किच्दा मृत्यु

रोदिक खबर

८, चैत्र २०८०
  • 9.3K
    SHARES
  • मलामी गएर फर्कनेक्रममा ट्याक्टरले किच्दा मृत्यु

    खोटाङ । ट्याक्टरले किचेर खोटाङमा एकको मृत्यु भएको छ । मलामी गएर फर्कने क्रममा न ४ त ७८०६ नम्बरको ट्याक्टरले किच्दा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको मृत्यु भएको हो ।

    मलामी गएर फर्कनेक्रममा दुधकोसीबाट बालुवा लिएर ऐसेलुखर्कबजारतर्फ जाँदै गरेको ट्याक्टरमा चढेका पोखरेललाई घर नजिकै आइपुगेपछि ओर्लनेक्रममा सोही ट्याक्टरले किचेको हो । ट्याक्टरले किचेपछि गम्भीर घाईते भएका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको ज्यामिरेको वडाध्यक्ष सुनिल राईले बताए ।

    प्राथमिक स्वास्थ्य केन्द्रमै पोखरेलको शवको पोस्टमार्टमको लागि तयारी भइरहेको प्रहरीले जनाएको छ । सुरुमा ट्याक्टरको अगाडि बसेका पोखरेल बिचबाटोबाट पछाडि डालामा गएर बसेका थिए । ‘झर्ने क्रममा निकै समय ट्याक्टर रोकिएको भन्ने सुनिन्छ,’ वडाध्यक्ष राईले भने, ‘तर खै कसरी ट्याक्टर हिड्ने क्रममा उहाँलाई किचेछ ।’

    ट्याक्टरका चालक रावाबेसी गाउँपालिका–१ कुभिण्डेका प्रकाश बिशंखे र सहचालक ज्यामिरेका पेसल राईलाई प्रहरीले पक्राउ गरेको छ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - २१:३८:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको