• ट्रेण्डिङ:

खोटाङमा ट्याक्टर दुर्घट्ना एकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घट्ना एकको मृत्यु

रोदिक खबर

१७, चैत्र २०८०
  • 15.5K
    SHARES
  • खोटाङमा ट्याक्टर दुर्घट्ना एकको मृत्यु

    खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिका–१ वराहपोखरीमा ट्याक्टर दुर्घट्ना हुँदा एकजनाको ज्यान गएको छ ।

    वराहपोखरीको भिरगाउँस्थित रुम्दुबाट रसुवाघाटतर्फ खयरको काठ लिएर गईरहेको मे १ त ८५९७ नम्बरको ट्याक्टर शनिबार साँझ ५ ः३० बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घट्ना हुँदा चालक झापा बुद्धशान्ति नगरपालिका–४ शान्तिनगरका २८ वर्षीय अमृत लिम्बुको ज्यान गएको हो ।

    लिम्बुको शव सडकभन्दा ५०० मिटर तल भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी हरि बरालले जानकारी दिए ।

    सोही ट्याक्टरमा सवार वराहपोखरीका २४ वर्षीय मुकेश मगर गम्भीर घाईते भएका छन् । मगरको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उदयपुरको गाईघाट उपचार पठाईएको छ । घट्नाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - २०:३३:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको