खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङले अपाङ्गता भएका व्यक्तिको स्याहारसुसार गर्ने तीन जनालाई सम्मान गरेको छ । अर्काको साहारामा बाँचिरहेका अपाङ्गता भएका व्यक्तिको राम्रो स्याहारसुसार गर्ने तीन जना संरक्षकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
सम्मान तथा पुरस्कृत हुनेहरुमा बइन्द्र राई, लिला खत्री र ध्यानबहादुर राई रहेका छन् । उनीहरुलाई दोसल्ला ओढाएर दुई हजार पाँच सय नगदसहित सम्मानपत्रले सम्मान गरिएको वडाले जनाएको छ ।
सम्मानित हुने व्यक्तिहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष महेन्द्रबहादुर राई लगायतले सम्मानपत्र प्रदान गरेको वडासचिव मन्दिरा घिमिरेले जानकारी दिइन् ।