खोटाङ । खोटाङमा छुरा प्रहारबाट एकको मृत्यु भएको छ । शनिबार साँझ तीन व्यक्तिले छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो ।
उनलाई सोही ठाउँका भीमबहादुर राईको मकै बारीमा छुरा प्रहार गरिएको थियो । घाइतेको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले बताए ।
छुरा प्रहार गरी फरार भएका अभियुक्तको खोजी भइरहेको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक बेनु कार्की, प्रहरीचौकी जालपाबाट प्रसनि शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमान्डमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।