• ट्रेण्डिङ:

डढेलोबाट विस्थापित छ घर परिवारलाई रेडक्रसको राहत सामग्री प्रदान

डढेलोबाट विस्थापित छ घर परिवारलाई रेडक्रसको राहत सामग्री प्रदान

रोदिक खबर

१७, बैशाख २०८१
  • 2.6K
    SHARES
  • डढेलोबाट विस्थापित छ घर परिवारलाई रेडक्रसको राहत  सामग्री प्रदान

    खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले डढेलोबाट विस्थापित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । गत बैशाख १४ गतेको डढेलोबाट घर जलेर विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका ९ सल्लेका इन्द्रबहादुर थापा मगर, गोपालबहादुर थापा मगर, मदनकुमार थापा मगर, खगेन्द्र बिक, भेषणबहादुर राना मगर र झनबहादुर थापा मगरलाई राहत प्रदान गरेको हो ।

    आइतबार घट्नास्थलमा पुगेर अग्नी पीडित परिवारलाई छुट्टाछुट्टै एक थान पाल, दुई थान कम्बल, एक थान म्याट्रेस, एक थान बाल्टी, एकएक वटा भाँडा सेट, दुई थान साडी, ४ मिटर सुटिङ कपडा, ७ मिटर प्रिन्ट कपडा, ४ मिटर सादा कपडा, एक मुठा डोरी र एक थान बोरा प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिए । रेडक्रसले प्रजिअ शिवकुमार कार्की, सुरक्षा प्रमुख लगायतलाई लगेर राहत बाँडेको हो ।

    यस्तै, डढेलोबाट विस्थापित परिवारलाई हलेसी तुवाचुङ नगरपालिकाले शनिबार एकएक थान त्रिपाल र ब्ल्याङकेटको साथमा ३० केजीको एकएक बोरा चामल प्रदान गरेको छ ।

    यस्तै, वडा कार्यालयले जनही ३० केजी चामल, दुई केजी दाल, एक केजी चिनी, दुई केजी चिउरा, दुई केजी आलु, दुई पोका खाने तेल, एक पोका बेसार, दुई सय ग्राम मसला र एकएक थान त्रिपाल प्रदान गरेको छ । गोठ जलेका योगबहादुर मगरलाई नगर र वडा कार्यालयले एकएक थान त्रिपाल वितरण गरेको छ ।

    डढेलो पीडितलाई नगरप्रमुख बिमला राई र वडाध्यक्ष काशीराज राईले राहत हस्तान्तरण गरेका थिए । स्थानीय सल्लेपोखरी पाखा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा सल्लेका ६ घर खरानी भएको थियो ।

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - २२:०९:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको