नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले पत्रकार चिसाङ शेर्पालाई पुरस्कार प्रदान गरेको छ। महासंघको चौथो जिल्ला अधिवेशन उद्घाटनको अवसरमा बुधबार समिक्षालय हल दिक्तेलमा शेर्पालाई पुरस्कार प्रदान गरेको हो।
जिल्लामा रहेर निष्पक्ष समाचार प्रवाह गरी पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पाँच हजार राशीको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष फुर्वा दोर्चि शेर्पाले बताए ।
पत्रकार शेर्पालाई कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ संघीय परिषद उप–महासचिव रामकृष्ण ब्लोन तामाङ, महासंघका जिल्ला अध्यक्ष शेर्पाले सम्मान पत्र र नगद प्रदान गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला घर भएका शेर्पा समायोजन खबर डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सहसचिव हुन्।
२०६५ सालबाट पत्रकारितामा क्रियाशिल शेर्पा हिमालय टाइम्स राष्ट्रिय दैनिक र अन्नपूर्ण मिडिया नेटवर्कमा आवद्ध छन् ।
तेश्रो अधिवेशनमा पत्रकार दमन राईलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका सचिव उदिमकुमार राईले जानकारी दिए।