• ट्रेण्डिङ:

भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने जग्गादातालाई सम्मान

भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने जग्गादातालाई सम्मान

रोदिक खबर

१९, बैशाख २०८१
  • 1.9K
    SHARES
  • भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने जग्गादातालाई सम्मान

    खोटाङ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको कार्यालय भवनका लागि निशुल्क जग्गा दान गर्ने जग्गादाता सम्मानित भएका छन्।

    महासंघको चौथो जिल्ला अधिवेशन उद्घाटनका अवसरमा बुधबार समिक्षालय हल दिक्तेलमा जग्गादाता फुर्वा दोर्जी शेर्पा र उनकी श्रीमती पसलामु शेर्पा सम्मानित भएका हुन्।

    शेर्पा दम्पत्तीले दिक्तेल बहुमुखी क्याम्पस नजिक आठ आना जग्गा निशुल्क उपलब्ध गराए वापत दोसल्ला ओढाई सम्मान गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका सचिव उदिम चाम्लिङ राईले बताए।

    शेर्पा दम्पत्तीलाई आदिवासी जनजाति महासंघ संघीय परिषद उप–महासचिव रामकृष्ण ब्लोन तामाङ, आदिवासी जनजाति महासंघ बाग्मती प्रदेश अध्यक्ष दिलाम मोक्तान, गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङले दोसल्ला ओढाइ सम्मान गरेका थिए।

    जग्गादाता फुर्वा दोर्जी आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको हालको अध्यक्ष हुन्।

    प्रकाशित मिति :बैशाख १९, २०८१ बुधवार - २२:२२:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको