खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा पुनः टेकेन्द्र राई सर्वसहमत चयन भएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनबाट राई दोस्रो कार्यकालका लागि सर्वसहमत अध्यक्षमा चयन भएका हुन्।
अधिवेशनले यातायात प्रा.लि.को वरिष्ठ उपाध्यक्षमा फडिण्द्र राई, प्रथम उपाध्यक्षमा मिलन विश्वकर्मा र द्धितीय उपाध्यक्षमा कान्छा कार्कीलाई चयन गरेको छ ।
तेह्र सदस्यीय जिल्ला कार्यसमितिको महासचिवमा रामकुमार हिङमाङ र कोषाध्यक्षमा गोविन्द कटवालसमेत दोस्रो कार्यकालका लागि दोहोरिएका हुन ।
जिल्ला कार्यसमिति सदस्यहरुमा सन्तोषी राई, अर्जुनकुमार राई, विजय राई, गिर्भाण श्रेष्ठ, सुनिल नेपाली, बमबहादुर दर्जी र एकराज पोखरेल सर्वसहमत भएको जनाइएको छ ।
साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रममा यातायात प्रा.लि.ले अशल चालचलन भएका चालकद्धय विज्ञान भुजेल र कृष्णबहादुर तामाङ ‘जीवन’लाई जनही नगद पाँच/पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
तत्कालीन खोटाङ यातायात व्यावसायी सङ्घ (हाल खोटाङ यातायात प्रा.लि.)का संस्थापक अध्यक्ष उपिन कुमार राई, सचिव बुद्धिविनोद लुईटेल ‘विदुर’, जग्गादाता विष्णुुकुमार श्रेष्ठ ‘स्याण्डे’ र जिल्लामा पहिलो पटक बस भित्र्याउन अतुलनीय सहयोग गर्नुहुने काठमाडौँ महानगरपालिका–३२ काठमाडौँका जीतबहादुर भारतीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले दश स्थानीय तह रहेको जिल्लामा खोटाङ यातायात प्रा.लि.ले यातायातको क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका छन् ।
यसैबीच, खोटाङ यातायात प्रा.लि.ले जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई ‘यातायात पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । यातायात प्रा.लि.को दशौंँ वार्षिक साधारणसभा तथा छैटौंँ जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर शुक्रबार पत्रकारद्धय चिसाङ शेर्पा र सविना अछामेलाई जनही नगद रु पाँच/पाँच हजार राशीको यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
जिल्लामा निष्पक्ष र निडरताका साथ पत्रकारिता गर्ने क्रममा यातायातको क्षेत्रमा समेत कलम चलाएर योगदान पु¥याएकाले पत्रकार शेर्पा र अछामेलाई पुरस्कृत गरिएको प्रा.लि.का महासचिव हिङमाङले बताए ।
पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।