• ट्रेण्डिङ:

अग्नी पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई डेढ लाख आर्थिक सहयोग

अग्नी पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई डेढ लाख आर्थिक सहयोग

रोदिक खबर

२९, बैशाख २०८१
  • 3.1K
    SHARES
  • अग्नी पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई डेढ लाख आर्थिक सहयोग

    खोटाङ। खोटाङमा अग्नी पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई डेढ लाख आर्थिक सहयोग गरिएको छ।

    हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका प्रहरी सहायक निरीक्षक गोपाल बहादुर थापा मगरलाई कोशी प्रदेश प्रहरी कल्याण कोषबाट १० हजार, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङबाट व्यक्तिगत पाँच हजार र जिल्ला प्रहरी कार्यालय मातहत कार्यालयमा कार्यरत कर्मचारीहरुबाट सहयोग स्वरुप एक लाख ३५ हजार ५०० गरी एक लाख ५० हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको हो।

    उक्त सहयोग रकम शनिबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङसँगको अन्तक्रिया कार्यक्रमको अवसरमा अग्नी पीडित मगरलाई प्रहरी नायब महानिरीक्षक खापुङले प्रदान गरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खडकाले जानकारी दिए।

    बैशाख १४ गते सल्लेको सल्लेरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीको कारण अनियन्त्रित हुँदा मगरको दुई तले दुईवटा घर, भान्सा घर दुईवटा, अन्नपात, लत्ताकपडा, कागजपत्र लगायत जलेर नष्ट भएको थियो

    प्रकाशित मिति :बैशाख २९, २०८१ शनिवार - २०:१७:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको