• ट्रेण्डिङ:

प्रहरीको प्रशंसा नभइ रचनात्मक आलोचना गरिदिनुहोस् : प्रदेश प्रहरी प्रमुख खापुङ

प्रहरीको प्रशंसा नभइ रचनात्मक आलोचना गरिदिनुहोस् : प्रदेश प्रहरी प्रमुख खापुङ

रोदिक खबर

२९, बैशाख २०८१
  • 2.8K
    SHARES
  • प्रहरीको प्रशंसा नभइ रचनात्मक आलोचना गरिदिनुहोस् : प्रदेश प्रहरी प्रमुख खापुङ

    खोटाङ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले समाजमा शान्ति सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङले शनिवार आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ’शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी खापुङले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले सम्भव नहुने बताउदै सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।

    po1.jpgजिल्ला प्रहरी कार्यालय खोटाङको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रम डिआइजी खापुङले जनताले उठाएका जायज माग तथा विषयलाई सम्बोधन गर्न हातहतका प्रहरीलाई निर्देशनसमेत दिएका छन् । “हामी प्रहरी जनताका सेवामा समर्पित भएर काम गर्ने प्रतिवद्धतासहित भर्ना भएका हौँ । जनताले उठाएका जायज माग तथा विषयलाई प्रहरीले सम्बोधन गर्न सक्नुपर्छ”, उनले भने, “प्रहरीले जनताको अपेक्षा पूरा गर्न सकेमामात्र उनीहरुले हामीबाट शान्तिसुरक्षाको महसुस गर्छन् ।

    समाजमा शान्तिसुरक्षा कायम गर्न हरेक विषयमा प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नुपर्छ ।” समाजमा हुने आपराधिक घटना जनचेतना अभावका कारण भएको जिकिर गर्दै डिआइजी खापुङले जिल्लामा क्रियाशील राजनीतिक दलहरुलेसमेत समाजमा जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

    “जनचेतना अभावले समाजमा अहिंसा, आपराधिक क्रियाकलाप लगायत कानूनले बर्जित गरेको घटना हुने गर्दछ । प्रहरीले अहिलेसम्म निःशुल्करुपमा सचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । जनचेतना फैलाउने काम प्रहरीको मात्र होइन । यो सबैको दायित्वभित्र पर्छ”, उनले भने, “सबै राजनीतिकको गाउँगाउँमा सङ्गठन छन् । उनीहरुलाई परिचालन गर्न सके नागरिकहरु सचेत हुन्छन् । यसले राजनीतिक दलका कार्यकर्ताहरु क्रियाशील हुने अवसर पनि मिल्छ । नागरिकहरुसमेत सचेत हुन्छन् ।”

    डिआइजी खापुङले प्रहरीको भूमिकाप्रति प्रशंसा नभइ रचनात्मक आलोचना गर्न कार्यक्रममा सहभागीलाई आग्रहसमेत गरे । “प्रहरीको भूमिकाप्रति मिडियाले आलोचना गर्नुप¥यो । सचेत नागरिकले आलोचना गर्नुप¥यो । अनिमात्र प्रहरीले सच्चिने अवसर पाउँछ । प्रशंसाले प्रहरीको उद्देश्य पूरा हुँदैन”, उनले भने, “आलोचना भन्दैमा प्रहरीमाथि आक्षेप लगाउनु भनेको होइन । रचनात्मक आलोचना गर्नुप¥यो भनेको हो । रचनात्मक आलोचनाले प्रहरीहरु सचेत भएर जनताको सेवामा समर्पित हुन्छन् ।”

    डिआइजी खापुङले पछिल्लो समय देशमा साईबर क्राईम (विद्युतीय अपराध) सम्बन्धी घटना वृद्धि भइरहेको बताउदै सचेत रहन आग्रह गरे । “साईबर क्राइमका घटनाहरु दिनानुदिन वृद्धि भइरहेका छन् । यसले धेरैको घरबार बिग्रिएको छ । धेरैको सम्पत्ति सकिएको छ । धेरैका छोरीचेली पीडित भएका छन्”, उनले भने, “साईबर क्राईमका घटनाबाट जोगिन आफै सचेत हुनुपर्छ । यो विषयमा प्रहरीले पनि भर्खरैमात्र मुद्दा हेर्न थालेको छ । घटना भएर प्र्रहरीमा पुग्नुभन्दा आफै सचेत हुनु उत्तम उपाय हो ।”

    जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकाय, पत्रकार, नागरिक समाज, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले जिल्लामा प्रहरीले पछिल्लो समय खेलेको भूमिकाप्रति खुलेर प्रशंसा गरेका थिए ।

    po.jpgकार्यक्रममा नेपाली काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, जेष्ठ नागरिक सङ्घ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङका अध्यक्ष पूर्णमायाँ तामाङ लगायतले प्रहरीले जिल्लामा खेलेको भूमिकामाथि टिप्पणी गरेका थिए ।

    जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लाका कतिपय ठाउँमा शान्तिसुरक्षाको अवस्था अझै नाजुक रहेको भन्दै तत्काल प्रहरी चौकीहरु स्थापना गर्न पहल गरिदिन डिआइजी खापुङलाई आग्रह गरेका छन् । उनीहरुले लामो समयसम्म अस्थायीरुपमा सञ्चालित प्रहरी चौकीलाई स्थायी बनाउँदै त्यसलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागिसमेत पहल गरिदिन अनुरोध गरेका छन् । डिआइजी खापुङसँगै प्रहरी उपरिक्षक भीमबहादुर दाहाल पनि आएका थिए ।

    यसैबीच, प्रहरीले आगलागी पीडित हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका पूर्व प्रहरी सहायक निरीक्षक गोपालबहादुर थापामगरलाई एक लाख ५० हजार पाँच सहयोग रकम उपलब्ध गराएको छ ।

    कोशी प्रदेश प्रहरी कल्याण कोषले उपलब्ध गराएको दश हजार, डिआइजी खापुङले पाँच हजार तथा जिल्ला प्रहरी कार्यालय खोटाङ मातहतका प्रहरीबाट सङ्कलन भएको एक लाख ३५ हजार पाँच सहयोग रकम पीडित थापामगरलाई उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

    सुख्खाग्रस्त क्षेत्र सल्लेमा यही वैशाख–१४ गते जङ्गलमा लागेको डढेलो गाउँ पस्दा गोपालबहादुरसहित सातजना स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको थियो । सल्लेमा भएको आगलागीमा एक करोड ३३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख २९, २०८१ शनिवार - २१:३०:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको