• ट्रेण्डिङ:

लघुकथाकारहरूको भेटघाट तथा लघुकथा वाचन कार्यक्रमकाे शुभारम्भ

लघुकथाकारहरूको भेटघाट तथा लघुकथा वाचन कार्यक्रमकाे शुभारम्भ

रोदिक खबर

३०, बैशाख २०८१
  • 2.8K
    SHARES
  • लघुकथाकारहरूको भेटघाट तथा लघुकथा वाचन कार्यक्रमकाे शुभारम्भ

    हाम्रो लघुकथा केन्द्र, वाग्मती प्रदेशले लघुकथाकारहरूको भेटघाट तथा लघुकथा वाचन कार्यक्रमकाे शुभारम्भ गरेकाे छ।

    हाम्रो लघुकथा केन्द्र, वाग्मती प्रदेशका अध्यक्ष इन्दिरा चापागाईकाे अध्यक्षता, साहित्यकार रमेन्द्र काेइराला प्रमुख आतिथ्य र हाम्रो लघुकथा केन्द्र नेपालका संस्थापक लता केसीकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे थियाे।

    कथाकार अञ्जु शर्माले स्वागत गरेकाे कार्यक्रममा मिसु श्रेष्ठ सबै तिम्राे, शान्ता तिम्सिना प्रेम दिवस, सत्या अधिकारी परिणाम, रमेश सुवेदी बहुविवाह, मनिषकुमार शर्मा समित नव्यता, प्रार्थना खनाल अक्षय तृतीया, एन्जुल निलु आमाकाे काख, ध्रुवराज थापा उपहास र अञ्जु शर्माले कुम्हालेकाे चक्र शीर्षककाे लघुकथा वाचन गरेका थिए।

    लघुकथाकार मन्दिरा चापागाईले सञ्चालन गरेकाे कार्यक्रममा मनीषकुमार शर्मा समीत, निर्मला बराल र सुनिता निराैला पाैडेलले वाचित लघुकथाकाे समीक्षात्मक टिप्पणी गरेका थिए।

    त्यस्तै कार्यक्रममा इन्दिरा चापागाईकाे अध्यक्षतामा सात सदस्यीय हाम्रो लघुकथा केन्द्र नेपालको वाग्मती प्रदेशकाे कार्यसमितिको चयन भएको छ। समितिमा ध्रुवराज थापा उपाध्यक्ष, मनीषकुमार शर्मा समित सचिव, मन्दिरा चापागाईं कोषाध्यक्ष रहेका छन्।

    त्यस्तै सदस्यहरूमा अन्जु थपलिया, रमेश सुवेदी र शान्ता तिम्सिना रहेका छन्। कार्यक्रममा प्रमुख अतिथि रमेन्द्र काेइरालाले साहित्यकारहरू समाजका विशिष्ट व्यक्ति भएकाले कुनै गुटउपगुटमा नलागी अगाडि बढ्नुपर्ने बताए।

    त्यस्तै हाम्रो लघुकथा केन्द्र नेपालका संस्थापक लता केसीले बिनाद्विविधा लघुकथा लेखनमा लाग्नुपर्ने बताइन्।

    त्यस्तै लघुकथा साैन्दर्यका संस्थापक श्रीराम राईले हाम्रो लघुकथा केन्द्र, नेपालले नेपाली साहित्यिक वृत्तमा उल्लेखनीय काम गरेकाे बताए।

    उनले नयाँ कार्य समितिलाई बधाई दिंदै केन्द्रले जस्तै सधैं ऐतिहासिक काम गर्नुपर्ने बताए। त्यस्तै लघुकथाकार विष्णुप्रसाद उप्रेतीले पनि मन्तव्य प्रस्तुत गरेका थिए।

    प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - १०:१०:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको