• ट्रेण्डिङ:

विश्व वातावरण दिवसको अवसरमा खोटाङमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा खोटाङमा वृक्षारोपण

रोदिक खबर

२३, जेठ २०८१
  • 2.9K
    SHARES
  • विश्व वातावरण दिवसको अवसरमा खोटाङमा वृक्षारोपण

    खोटाङ । विश्व वातावरण दिवशको अवसरमा डिभिजन वन कार्यालय खोटाङले वृक्षारोपण कार्यक्रम गरेको छ । डिभिजन वन कार्यालय खोटाङले बुधवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम्फाउण्डेसन परिसर वरपर वृक्षारोपण गरेको हो ।

    विश्व वातावरण दिवशको अवसरमाचाँप, धुपी, लाकुरी, निल सिरिस, कागती, अम्बा, जाइफूल, तेजपत्ता, कपुर, कल्की लगायत करीव ७० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले जानकारी दिए ।

    ban.jpg

    बिरुवा रोपण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वन कार्यालयका कर्मचारी, विद्यार्थी लगायतको सहभागिता थियो । हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउँदै आएको पाइन्छ ।

    यसअघि १७ औं गणतन्त्र दिवसका अवसरमा डिभिजन वन कार्यालय खोटाङको व्यवस्थापनमा रणभीम गण मुढे व्यारेक परिषरमा रुद्राक्ष, चाँप, धुपी, लाकुरी, अम्बा, कपुर, जाईफूल लगायत विरुवा रोपिएको थियो ।

    pa.jpg

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - २१:३१:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको