• ट्रेण्डिङ:

खोटाङ यातायात प्रालिद्वारा दिक्तेलमा सरसफाइ कार्यक्रम (फोटो फिचर)

खोटाङ यातायात प्रालिद्वारा दिक्तेलमा सरसफाइ कार्यक्रम (फोटो फिचर)

रोदिक खबर

२६, जेठ २०८१
  • 3.2K
    SHARES
  • खोटाङ यातायात प्रालिद्वारा दिक्तेलमा सरसफाइ कार्यक्रम (फोटो फिचर)

    खोटाङ । खोटाङ यातायात प्रालिले दिक्तेलमा सरसफाइ गरिएको छ । खोटाङ यातायात प्रालिले शनिवार दिक्तेलको अल्छेढुङ्गादेखि  जिल्ला ट्राफिक कार्यालय खोटाङ बाम्राङसम्म सडकको दायाँबायाँ फालिएका प्लाष्टिक, बोतल तथा विभिन्न फोहोर टिपेर सरसफाइ गरेको हो ।

    2.jpg

    सरसफाइ कार्यक्रममा सबै यातायातसंग सम्बद्धहरू, याताायत मजदुर संगठनमा आबद्धहरू, ट्राफिक प्रहरी, सामुदायिक सेवा केन्द्र, स्थानीयवासी, व्यापारी लगायतको सहभागिता खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    6.jpgखोटाङ यातायात प्रालिका सल्लाहकार बुद्धिविनोद लुइटेल समाजलाई स्वच्छ, सफा र हराभरा बनाउने दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने बताउदै सरसफाई कार्यक्रमलाई आगामी दिनमा पनि  निरन्तरता दिइने बताए ।

    नेपाल स्वतन्त्र यातायात मजदुर संगठन खोटाङका अध्यक्ष गुरुप्रसाद ढकाल लगायतले सरसफाइप्रति ऐक्यबद्धता जनाएका छन् ।

    3.jpg4.jpg5.jpg

    प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - १५:३२:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको