खोटाङ । ट्राफिक प्रहरी कार्यालय खोटाङले ‘ट्राफिक सचेतना कार्यक्रम’ गरेको छ । ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्यले ट्राफिक प्रहरीले शनिवार आफ्नै कार्यालय अगाडि यातायात व्यवसायी, चालक, सहचालकलाई भेला गराएर ट्राफिक प्रहरी सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
ट्राफिक नियमबारे प्रभावकारी रुपमा सचेतना फैलाउदै ट्राफिक नियमको पूर्णरुपमा पालना गराउन स्थानीयवासी, यातायात व्यवसायी, चालक, सहचालकलाई उपस्थित गराएर सचेतना कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
