• ट्रेण्डिङ:

ज्येष्ठ नागरिकद्वारा जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम

ज्येष्ठ नागरिकद्वारा जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम

रोदिक खबर

५, आषाढ २०८१
  • 3.1K
    SHARES
  • ज्येष्ठ नागरिकद्वारा जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम

    खोटाङ । ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङले जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार करीव सयजना ज्येष्ठ नागरिकलाई राखेर जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गरेको हो ।

    कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई जिल्ला अस्पताल खोटाङमा कार्यरत एमबीबीएस डाक्टर सिदार्थ गौतमले अस्पतालले ज्येष्ठ नागरिकलाई दिने सेवासुविधा र उमेर ढल्केसँगै नियमित सेवन गर्नुपर्ने औषधिका बारेमा जानकारी दिएका थिए। जिल्ला समन्वय समिति सदस्य तथा ज्येष्ठ नागरिक संघका पूर्वअध्यक्ष दुर्गा प्रसाद घिमिरेले ज्येष्ठ नागरिकको हकअधिकारका विषयमा जानकारी गराएका थिए ।

    jestha-nagarik2.webpजिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक कोपिला भुजेलले ज्येष्ठ नागरिकलाई जिल्ला प्रहरी कार्यालयले दिने सेवासुविधा र ज्येष्ठ नागरिक सम्बन्धी कानूनका वारेमा जानकारी दिएकी थिइन् ।

    कार्यक्रममा सहभागी ज्येष्ठ नागकिरहरुले भजन कृतन, संगिनी नाच र ज्येष्ठ नागरिकको पीरमर्का बोल्ने गीत गाएर भरपुर मनोरञ्जन गरेका थिए । २०७० सालमा स्थापना भएको ज्येष्ठ नागरिक जिल्ला संघमा ३६० जना ज्येष्ठ नागरिक आजिवन सदस्य रहेको संघका अध्यक्ष धनपती आचार्यले बताए ।

    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - २२:१४:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको