• ट्रेण्डिङ:

वेपत्ता भएका वृद्ध तीन दिनपछि मृत फेला

वेपत्ता भएका वृद्ध तीन दिनपछि मृत फेला

रोदिक खबर

१७, आषाढ २०८१
  • 2.9K
    SHARES
  • वेपत्ता भएका वृद्ध तीन दिनपछि मृत फेला

    खोटाङ । खोटाङमा वेपत्ता भएका वृद्ध तीन दिनपछि मृत फेला परेका छन् । असार १४ गते बिहानदेखि बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ७२ वर्षीय डिलसेर राई असार १६ गते बिहान मृत भेटिएको हो ।

    आफन्तले खोज्नेक्रममा राईलाई घरदेखि अन्दाजी ३ किलोमिटर दक्षिणमा रहेको पञ्चेदोबाटो खोल्सीमा सडकबाट करिब २५ मिटर तल घोप्टो परेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    राई ‘पञ्चेदोबाटो जान्छु’ भन्दै घरबाट हिँडेका थिए । प्रहरीचौकी बुईपालाई गरेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरिक्षक टिकाराज बरालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रकृया पुरा गरेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - १२:३६:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको