• ट्रेण्डिङ:

खोटाङमा विपद् सहायता कक्षको स्थापना

खोटाङमा विपद् सहायता कक्षको स्थापना

रोदिक खबर

२४, आषाढ २०८१
  • 3.6K
    SHARES
  • खोटाङमा विपद् सहायता कक्षको स्थापना

     खोटाङ । विपद् प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद सहायता कक्षको स्थापना गरिएको छ । विगतका वर्षहरुमा विपद्का घटना धेरै हुने गरेकाले मनसुनजन्य विपद्को समयमा उद्धार र राहतलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयमा सोमवार विपद सहायता कक्ष स्थापना गरिएको हो ।

    विपद् सहायता कक्षको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरेसँगै सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवकुमार राईले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको समितिले विपद् प्रतिकार्यका लागि समन्वय तथा सहजीकरण गर्दै उद्धार र राहत कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्ने राईले बताए ।

    यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय विपद् सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने, मनसुनको समय भएकाले विपद् प्रतिकार्य, राहत र उद्दारका लागि जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका सम्बन्धित निकायहरु, सरोकारवाला सबै पक्षलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए ।

    यस्तै, मुख्य राजमार्गहरु बाढीपहिरोको कारण अवरुद्ध हुन सक्ने हुँदा सम्वन्धित सडक आयोजनाहरुलाई सडक अवरुद्ध हुनासाथ तत्काल सुचारु गर्न तथा स्थानीय सडकहरु सुचारु अवस्थामा राख्न सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने, सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, स्थानीय तहका अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई विपद्जन्य उपचारको लागि तयारी अवस्थामा रहन अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।

    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - २२:२२:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको