खोटाङ । भोजपुरबाट खोटाङ आउँदै गरेको ट्याक्टर खोटाङमा दुर्घट्ना हुँदा एकजनाको घट्नास्थलमै मृत्यु भएको छ।
भोजपुर–दिक्तेल सडकखण्ड अन्तर्गत साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा प्रदेश नं.२–०१–००१ त २०१५ नम्बरको खाली ट्याक्टर मंगलबार दिउँसो साढे १२ बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्दा साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका २१ वर्षीय जीबन देउजाको घट्नास्थलमै मृत्यु भएको छ।
सहचालक सोही ठाउँका १९ वर्षीय रोशन कटवाल घाइते भएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको छ। उनी बोल्न सक्ने अवस्था रहेका छन्।
ट्याक्टर चालकको पहिचान खुल्न नसकेको तर, चालक फरार रहेको प्रहरीले जानाएको छ। दुर्घट्नामा परेको ट्याक्टर पूर्णरुपमा क्षति भएको छ।