• ट्रेण्डिङ:

सिन्धुपाल्चोकमा भारी वर्षा, साना-ठूला सडक अवरुद्ध

सिन्धुपाल्चोकमा भारी वर्षा, साना-ठूला सडक अवरुद्ध

रोदिक खबर

६, श्रावण २०८१
  • 1.9K
    SHARES
  • सिन्धुपाल्चोकमा भारी वर्षा, साना-ठूला सडक अवरुद्ध

    काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।

    उनका अनुसार सडक मर्मतको काम भइरहेको छ । ‘एक ठाउँमा मात्र छैन, जिल्लाका ३०-४० ठाउँमै पहिरोले सडकमा क्षति पुर्‍याएको छ,’ उनले भने । जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ ।

    सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती र सहायक खोलाहरूमा बाढीले र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागले एसएमएस पठाएर अनुरोध गरेको छ ।

    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - ०९:०३:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको