खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मेवा खोलामा एक मृत फेला परेका छन् । नेर्पा घर भएका ७६ वर्षीय हर्कमनी राई खोलामा मृत फेला परेका हुन। तीनदिन देखि हराएका राई शुक्रवार दिउँसो मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
घटना हेर्दा बाढीले बगाएको जस्तो देखिन्छ। शब क्षतविक्षत अवस्थामा भेटिएको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भईरहेको कार्कीले जानकारी दिए। खेतमा गएको र खोला तर्नेक्रममा बाढी आएर बगाएको हुन सक्ने प्रारम्भिक जानकारी रहेको उनको भनाई छ।