• ट्रेण्डिङ:

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

रोदिक खबर

२५, श्रावण २०८१
  • 2.7K
    SHARES
  • सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

    खोटाङ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    सबै प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।

    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ०६:४२:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको