• ट्रेण्डिङ:

पहिरोले पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु

पहिरोले पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु

रोदिक खबर

३१, श्रावण २०८१
  • 2.8K
    SHARES
  • पहिरोले पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु

    खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु भएको छ । बिहिबार बिहान विद्यालय जाँदै गरेकी रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको हो ।

    बिश्वज्योती माबि लामीडाँडामा कार्यरत शिक्षिका नेवारलाई पैदल स्कुल जाँदै गरेको अवस्थामा वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । तल्लो सडकमा हिँडिरहेकोबेला करिब सयमिटर माथि रहेको सडकको डिल खस्दा शिक्षिकालाई पुरेको लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए ।

    शिक्षिका नेवारलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए । साविकको लामीडाँडा ५ घुमाउनेचौंर निवासी नेवारलाई विद्यालय पुग्न लागेकोबेला पहिरोले पुरेको हो । शिक्षिका केही समयपछि अनिवार्य अवकासमा निस्कँदै थिईन् । सँगै अगाडि हिँडिरहेकी अर्की एक महिलाले भने भागेर ज्यान बचाएकी छन् ।

    हरेक वर्षा याममा हलचल भइरहने सो ठाउँमा पहिरो जाँदै गरेको देखेपछि कतिपय स्थानीय भने फर्किएका थिए । फर्केर अर्कै बाटो जानका लागि सुझाव दिइए पनि त्यही बाटो जाँदा उनी पहिरोमा परेकी हुन् । घट्नास्थलमा रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का लगायत पुगेका थिए।

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १५:१४:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको