• ट्रेण्डिङ:

सतर्क रहन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

सतर्क रहन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

रोदिक खबर

३२, श्रावण २०८१
  • 3.2K
    SHARES
  • सतर्क रहन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले दुधकोशी नदीको शिरमा हिमताल फुटेको आशंका गरिएकाले सर्तक रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले शुक्रबार सूचना जारी गर्दै सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिका–५ थामेबाट बाढीको बहाव बढेकाले हिमताल फुटेको आशंका गरिएकोले दुधकोशी नदी तटीय छेउ किनारामा रहेका बासिन्दाहरुलाई यथाशक्य चाँडो सुरक्षित स्थानमा गई सुरक्षित रहन आग्रह गरेको हो ।

    सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यसअघि नै ताल फुट्ने सम्भावना रहेको बताएको र कोशीमा पानीको बहाव बढेकाले दुधकोशी नदी किनारामा रहेका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

    WhatsApp Image 2024-08-16 at 15.19.52.jpeg

    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १६:०४:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको